सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराबाट खैरो हेरोइनसहित बैतडीका एक जना पक्राउ

२०८२ चैत्र २५, ०७:४२ खबर संवाददाता

डडेल्धुराः डडेल्धुराबाट खैरो हेरोइनसहित बैतडीका एक जना पक्राउ परेका छन्।

डडेल्धुराको अमरगढी नगरपालिका–५ बागबजार बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन ९३० मिलिग्रामसहित बैतडीको दोगडाकेदार गाउँपालिका–७ बस्ने ३४ वर्षीय बिरेन्द्र सिंह कार्कीलाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस