राष्ट्रियसभाकी उपाध्यक्ष भण्डारी पार्टीको जिम्मेवारीबाट अलग
२०८२ चैत्र २५, ०२:३५
काठमाडौँः राष्ट्रियसभाकी नवनिर्वाचित उपाध्यक्ष लीलाकुमारी भण्डारीले निष्पक्षता र तटस्थता कायम गरी काम गर्ने प्रतिबद्धतासहित विगतमा आफूले लिँदै आएको दलीय राजनीतिक जिम्मेवारीबाट अलग भएको जानकारी दिएकी छन्।
उपाध्यक्ष भण्डारीले आज विज्ञप्ति जारी गरेर सो जानकारी दिएकी हुन्। नेकपा (एमाले)बाट निर्वाचित भण्डारी सो पार्टीको केन्द्रीय सदस्य थिइन्। उनि यही चैत २३ गते राष्ट्रियसभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन्।
कमेन्ट लोड गर्नुस