टीकापुरका एक जना लागुऔषधसहित पक्राउ
२०८२ चैत्र २६, ०७:१७
धनगढीः कैलालीको टीकापुरका एक जना लागुऔषधसहित पक्राउ परेका छन्।
टीकापुर नगरपालिका–९ बालुवाटारबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ९० मिलिग्रामसहित सोही नगरपालिका–१ बस्ने २१ वर्षीय दिर्घबहादुर विकलाई बुधबार दिउसो प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको जनाएको छ।
कमेन्ट लोड गर्नुस