कैलालीका एक युवक लागुऔषधसहित पक्राउ
२०८२ चैत्र २७, ०८:२६
धनगढीः कैलालीका एक युवक लागुऔषधसहित पक्राउ परेका छन्।
जिल्लाको भजनी नगरपालिका–३ कुसुमघाटबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ४० मिलिग्रामसहित बर्दगोरिया गाउँपालिका–१ बस्ने २५ वर्षीय अरुण चौधरीलाई बिहिबार दिउसो प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
कमेन्ट लोड गर्नुस