पार्टीभित्र अनुशासन कायम राख्न गगन थापाको चेतावनी
काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देउवा पक्षलाई पार्टीको सीमाभन्दा बाहिर गएर गतिविधि नगर्न चेतावनी दिएका छन्।
‘जरा अभियान’को शुभारम्भ गर्दै उनले पार्टी कार्यालयबाहिर हुने अनाधिकृत गतिविधिप्रति असन्तुष्टि व्यक्त गरे। उनले भने, “पार्टीको कार्यालयबाहिर हुने यस्ता गतिविधिहरूको पनि एउटा सीमा हुन्छ, सीमाभन्दा बाहिर गएर यसलाई सहन सकिँदैन।”
सभापति थापाले सबैलाई समेटेर अघि बढ्ने आफ्नो प्रयासलाई कमजोरीका रूपमा नलिन आग्रह गरेका छन्। साथै उनले पार्टीभित्र अनुशासन र एकता कायम राख्न आवश्यक रहेकोमा जोड दिएका छन्।