सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्णबहादुर खड्कालाई काँग्रेसले साेध्याे सातदिने स्पष्टीकरण

२०८३ वैशाख २, ०२:३३ रासस

धनगढीः नेपाली कांग्रेस ले पार्टीका पूर्वउपसभापति पूर्णबहादुर खड्का लाई सात दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ।

अनुशासन समितिको बैठकले खड्काले पार्टीको लेटरप्याड प्रयोग गरी आफूसँग नभएको जिम्मेवारीमा चैत ३० गते विधानविपरीत कार्य गरेको ठहर गर्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको जनाएको छ। यसअघि पनि उनले चैत १४ गते यस्तै किसिमले वक्तव्य जारी गरेपछि समितिले सचेत गराएको थियो।

त्यसैगरी, समितिले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा विधानविपरीत अनुशासन उल्लङ्घन गर्ने व्यक्तिविरुद्ध उजुरी दिने म्याद वैशाख मसान्तसम्म थप गर्ने निर्णय गरेको छ।
 

कमेन्ट लोड गर्नुस