सुदूर नेपाललाई विश्वसँग जोड्दै

खाद्य उद्योग अनुमति अब अनलाइनबाट, ट्रेडमार्क दर्तामा कडाइ

२०८३ वैशाख २, ०३:०९ खबर संवाददाता

धनगढीः सरकारले खाद्य तथा दाना उद्योगहरूको अनुमतिपत्र अब अनलाइन प्रणालीमार्फत जारी गर्ने व्यवस्था लागू गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग ले ‘नेपाल खाद्य तथा दाना उद्योग अनुमति प्रणाली (NeFFILS)’ सञ्चालनमा ल्याएको हो।

यस प्रणालीमार्फत उद्योग स्थापनाको सिफारिस, नयाँ अनुमतिपत्र, नवीकरण, उत्पादन थप तथा अनुमतिपत्र खारेजीसम्बन्धी सेवा अनलाइनमै प्राप्त गर्न सकिने विभागले जनाएको छ। समय बचत र सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले सबै सेवाग्राहीलाई अनलाइन प्रणाली प्रयोग गर्न आग्रह गरिएको छ।

त्यसैगरी, उद्योग विभाग ले ट्रेडमार्क दर्ता गर्दा मौलिक सिर्जनामा आधारित हुनुपर्ने स्पष्ट पारेको छ। पेटेन्ट, डिजाइन तथा ट्रेडमार्क ऐन, २०२२ तथा सम्बन्धित निर्देशिकाअनुसार निश्चित विषयवस्तु समावेश भएका आवेदनहरू दर्ता प्रक्रियामा नलिइने जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस