सुदूर नेपाललाई विश्वसँग जोड्दै

लेखा समितिको सभापतिमा डोटीका खड्काको उम्मेदवारी दर्ता

२०८३ वैशाख ३, ०३:३० खबर संवाददाता

काठमाडौँः सुदूरपश्चिमको डोटीबाट निर्वाचित नेपाली काँग्रेसका सांसद भरतबहादुर खड्काले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। यसअघि नै काँग्रेस संसदीय दलले उनलाई उक्त पदमा प्रस्ताव गर्ने निर्णय गरेको थियो।

सोही निर्णयअनुसार आज उनले औपचारिक रूपमा मनोनयन दर्ता गरेका हुन्। प्रतिनिधिसभाअन्तर्गतका संसदीय समितिहरूमा आज मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ।

यसैबीच, प्रतिनिधिसभामा करिब दुई तिहाइ बहुमत रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लेखा समितिको सभापति पद प्रमुख प्रतिपक्षी दललाई दिने र अन्य समितिका सभापतिमा आफ्ना सांसदलाई अगाडि सार्ने निर्णय गरेको छ।

विपक्षी दलहरूले पनि लेखा समितिको सभापतिमा काँग्रेसका उम्मेदवार खड्कालाई समर्थन गर्ने सहमति जनाएका छन्।

कमेन्ट लोड गर्नुस