बालयौन दुरुप्रयोग मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ
२०८३ वैशाख ५, ०७:४७
कञ्चनपुरः बालयौन दुरुप्रयोग मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ परेका छन्।
जिल्ला अदालत कञ्चनपुरको मिति २०८२ पुस ७ गतेको फैसलाले बालयौन दुरुप्रयोग मुद्दामा ३ महिना कैद सजाय र ५ हजार जरीवाना तोकिएको लालझाडी गाउँपालिका-६ चान्देव बस्ने ६५ वर्षीय प्रेमबहादुर ऐर पक्राउ परेका हुन्। ऐरलाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको जनाएको छ।
कमेन्ट लोड गर्नुस