सुदूर नेपाललाई विश्वसँग जोड्दै

संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत

२०८३ वैशाख ५, ०१:३३ रासस

संयुक्त राष्ट्र सङ्घले होमुज जल क्षेत्र खोल्ने इरानीे घोषणाको स्वागत गरेको जनाइएको छ। घोषण अनुसार संयुक्त राज्य अमेरिकासँग तथ भएको युद्धविराम अवधि भर सबै व्यावसायिक जहाजहरूका लागि हार्मुज जलक्षेत्र पूर्ण रूपमा खुल्ने छ। 

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले विज्ञप्ति  जारी गर्दै होर्मुज खोल्ने घोषणा सही  कदम भन्दै यसको स्वागत गर्नु भएको छ।
 
उनले संयुक्त राष्ट्र सङ्घको अडान स्पष्ट रहेको बताउदै होर्मुजमा अन्तर्राष्ट्रिय जहाजको अधिकार र स्वतन्त्रता लगायतका सबै पक्षहरू पूर्ण रूपमा पुनस्र्थापित र सम्मान गर्नु पर्ने बताउनु भएको छ। उनले यी युद्धविरामकोआशा व्यक्त गर्दे यो कदमले द्वन्द्वरथ पक्षहरू बीच विश्वास निर्माण गर्न र पाकिस्तानको मध्यस्थतामा स्थायी युद्धविरामको लागि जारी वार्तालाई बलियो बनाउन योगदान पुग्ने बताए छन्।

संयुक्त राष्ट्र संघका प्रवक्ता स्टेफेन डुजारिकले मध्य पूर्वमा हालको द्वन्द्व समाधान गर्न शान्तिपूर्ण बाटो खोज्ने कूटनीतिक प्रयासहरूलाई पूर्ण रूपमा समर्थन गर्ने महासचिवको प्रतिबद्धता पुष्टि गरेका छन्। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  यस हघि नै व्यावसायिक ढुवानीको लागि हार्मुज पूर्ण रूपमा खोल्ने इरानीे घोषणाको स्वागत गरेको घोषणा गरेका थिए।

कमेन्ट लोड गर्नुस