सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब १५–१५ दिनमै तलब: सरकारी कर्मचारीका लागि अर्धमासिक भुक्तानी प्रणाली लागू हुँदै

२०८३ वैशाख ६, ०९:३२ खबर संवाददाता

काठमाडौँः सरकारले सरकारी कर्मचारीहरूलाई अब महिनामा दुई पटक तलब दिने निर्णय गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्ले ले अर्धमासिक रूपमा तलब भुक्तानी गर्ने व्यवस्था लागू गर्ने निर्णय गरेका हुन्।

हालसम्म कर्मचारीहरूले महिना पूरा भएपछि एकमुष्ट रूपमा तलब पाउने व्यवस्था रहेकोमा अब प्रत्येक १५ दिनमा तलब र भत्ता उपलब्ध गराइनेछ। वैशाख ४ गते गरिएको निर्णयअनुसार अर्थ मन्त्रालयले यो नयाँ प्रणाली कार्यान्वयनका लागि महालेखा नियन्त्रक कार्यालय लाई आवश्यक निर्देशन दिइसकेको छ।

सरकारले कर्मचारीहरूको दैनिक खर्च व्यवस्थापन सहज बनाउन र बजारमा नगद प्रवाहलाई सक्रिय बनाउने उद्देश्यले यस्तो व्यवस्था ल्याएको जनाएको छ। यसअघि मासिक भुक्तानी प्रणालीका कारण महिनाको बीचतिर आर्थिक दबाब पर्ने गुनासो बढ्दै गएको थियो।

नयाँ ‘अर्धमासिक’ प्रणाली लागू भएपछि कर्मचारीहरूलाई खर्च व्यवस्थापनमा थप सहजता आउने अपेक्षा गरिएको छ।

कमेन्ट लोड गर्नुस