सुदूर नेपाललाई विश्वसँग जोड्दै

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति गठनदेखि विभिन्न विधेयक संसदमा पेश गर्ने निर्णय

२०८३ वैशाख ८, ०४:५८ खबर संवाददाता

काठमाडौं: सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ। मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक सम्पन्न भएको हो।

बैठकका निर्णयहरू विक्रम तिमिल्सिना, सञ्चार, सूचना तथा प्रविधिमन्त्रीले सार्वजनिक गरेका हुन्।

मन्त्री तिमिल्सिनाका अनुसार मन्त्रिपरिषद् बैठकले निम्न निर्णयहरू गरेको छः

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरिएको छ। उक्त समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट रहनेछन् भने सदस्यका रूपमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र भुवन कुमार दाहाल, काठमाडौं रहनेछन्।

यसैगरी, नेपाल विशेष सेवा ऐन २०८२ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरिएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ तथा मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेका विधेयकहरू पनि संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ।

त्यसैगरी, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा डिल्लीराज आचार्य (प्युठान)लाई नियुक्त गर्ने निर्णय गरिएको छ। समितिको सदस्य पदमा नवराज सिंह खडा (धादिङ) र रोशन बहादुर शाक्य (ललितपुर)लाई नियुक्त तथा मनोनयन गर्ने निर्णय पनि बैठकले गरेको छ।

 


 

कमेन्ट लोड गर्नुस