सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा करेन्ट लागेर ७ वर्षीया बालिकाको मृत्यु

२०८३ वैशाख १०, १२:४८ खबर संवाददाता

कैलाली: गोदावरी नगरपालिका–३ स्थित नवज्योति आधारभूत विद्यालय परिसरमा विद्युतको नाङ्गो तारबाट करेन्ट लागेर ७ वर्षीया पुनम अधिकारीको मृत्यु भएको छ।

शव पोस्टमार्टमका लागि मालाखेती अस्पतालमा राखिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सेनाले जानकारी दिएका छन्।


 

कमेन्ट लोड गर्नुस