ब्रेन क्यान्सरका कारण खप्तड छेडेदह–६ का वडा अध्यक्ष विष्टको निधन
बाजुराः बाजुराको खप्तड छेडेदह गाउँपालका–६ का वडा अध्यक्ष हर्कबहादुर विष्टको मुत्यु भएको छ । दुइ चार वर्षदेखि ब्रेन क्यान्सरको बिरामले थला परेका विष्टको गत बुधबार राति उनको आफ्नै घरमा नाईनामा मृत्यु भएको हो ।
उनि २०७९ सालको निर्वाचनमा खप्तड छेडेदह गाउँपालिका वडा नं–६ का वडा अध्यक्षमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।
गाउँ समाजको काममा सधैँ व्यस्त हुने विष्टको झण्डै ४८ वर्षको उमेरमा अल्पायुमै निधन भएपछि अहिले उनको घरपरिवार सँगै पालिकाबासी समेत स्तब्ध भएका छन्।
खप्तड छेडेदह गाउँपालिका उपाअध्यक्ष बिसु नाथले, खप्तड छेडेदह गाउँपालिका –६ का वडा अध्यक्ष हर्कबहादुर विष्टको बुधबार राती नौ बजे आफ्नै घर नाईनामा मुत्यु भएको बताए।
उनले भने, “उहाँ ब्रेन क्यान्सरको रोगी हुनुहुन्थ्यो । एक दुई वर्ष पहिला उहाँको बीर अस्पतालमा अप्रेसन भएको थियो । अप्रेसनपछि डाक्टरले बढी नबोल्ने आराम गर्ने पटक पटक फलोअप गर्न आउने भन्नुभएको थियो ।”
उनको घरको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा निरन्तरता हुन नसकेपछि गत बुधबार राति मृत्यु भएको उपाअध्यक्ष नाथले बताए।
मृतक अध्यक्षका दुई छोरा दुई छोरी र श्रीमति छन् । उनको मुत्यु भएपछि अहिले उनको परिवारमा थप आर्थिक समस्या भएको छ । उनि आजै हिन्दु परम्परा अनुसार गाउँ नजिकैको खोलामा दाहासंस्कार गरिने आफन्तले जनाएको छ ।