विपीन जाेशीकाे परिवारलाई सरकारले १० लाख रुपैयाँ दिने
काठमाण्डाै: इजरायलमा ज्यान गुमाएका कञ्चनपुरका विपीन जोशीको परिवारलाई सरकारले १० लाख रुपैयाँ दिने भएको छ ।
आज बसेकाे मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जोशीको परिवारलाई आर्थिक सहायता स्वरूप १० लाख दिने निर्णय भएको जानकारी दिए।
जोशी पढ्दै कमाउँदै अर्थात् ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत अध्ययनका लागि इजरायल पुगेका थिए। लडाकु समूह हमासले बन्धक बनाएको अवस्थामा गाजामा जोशीको ज्यान गएको थियो ।