सुदूर नेपाललाई विश्वसँग जोड्दै

लामखुट्टे भगाउन बालेकाे अण्डा राख्ने क्रेटबाट आगलागी हुँदा कैलालीमा एक मजदुरको मृत्यु

२०८३ वैशाख १२, ०८:०१ खबर संवाददाता

घोडाघोडी: घोडाघोडी नगरपालिका–१, सुखडस्थित एक लजमा गए राति आगलागी हुँदा एकजना मजदुरको मृत्यु भएको छ ।

सुखडस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीका अनुसार डडेल्धुराको आलीताल गाउँपालिका गाङ्खेतका ५० वर्षीय मीनबहादुर बोहोराको मृत्यु भएको हो । 

लामखुट्टे भगाउन अण्डा राख्ने क्रेटबाट आगलागी भएको हो । बोहोराले लामखुट्टे भगाउन अण्डाको क्रेट बालेका थिए । स्थानीय र प्रहरीको सहयोगमा आगो निभाइएको थियो । क्षतिको पूर्ण विवरण आउन बाँकी छ । 

कमेन्ट लोड गर्नुस