बैतडीमा पाँचदिने निःशुल्क योग विज्ञान शिविर वैशाख १८ देखि
बैतडी: बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंस्थित निङ्गलाशैनी खेलमैदानमा पाँचदिने निःशुल्क योग विज्ञान शिविर सञ्चालन हुने भएको छ। निङ्गलाशैनी योग साधना केन्द्र देहीमाण्डौंको आयोजनामा वैशाख १८ देखि २२ गतेसम्म शिविर सञ्चालन गरिने साधना केन्द्रका अध्यक्ष विरसिंह बोहराले जानकारी दिनुभयो।
‘गरौँ योग, रहौँ निरोग’ भन्ने नारासहित आयोजना गरिने यस शिविरले सहभागीहरूको शारीरिक, मानसिक तथा आध्यात्मिक स्वास्थ्य सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। साधना केन्द्रका सुरेन्द्र बोहराका अनुसार योगप्रति नागरिकको आकर्षण बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
शिविरमा साध्वी देवकृपाज्यूले प्रशिक्षण दिने कार्यक्रम रहेको छ। बिहान ५ बजेदेखि ७ बजेसम्म सञ्चालन हुने उक्त शिविरमा इच्छुक सबैलाई सहभागिताका लागि आमन्त्रण गरिएको छ।
निङ्गलाशैनी योग साधना केन्द्रले पछिल्लो समय निरन्तर यस्ता योग शिविरहरू सञ्चालन गर्दै आएको छ। आयोजकका अनुसार योग अभ्यासले नागरिकको मानसिक तथा शारीरिक स्वास्थ्य सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याउँछ।
गाेरखापत्रबाट