कैलालीबाट खैरो हेरोइनसहित २ जना प्रहरी नियन्त्रणमा
धनगढीः कैलालीबाट खैरो हेरोइनसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
धनगढी उपमहानगरपालिका–६ मटियारीबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ११० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३० वर्षीय प्रकाश रानालाई विहीवार दिउँसो प्रहरीले पक्राउ गरेको हो। वडा प्रहरी कार्यालय धनगढी, कैलाली र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ।
यसैगरी भजनी नगरपालिका–३ जस बहादुर घाटबाट खैरो हेरोइन ६५० मिलिग्रामसहित जोशिपुर गाउँपालिका–५ सिमराना बस्ने १६ वर्षीय किशोरलाई विहीवार साँझ प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय भजनी कैलालीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ साईकलमा आउदै गरेको अवस्थामा उक्त पदार्थसहित किशोरलाई पक्राउ गरेको जनाएको छ।