सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट लागूऔषधसहित ५ जना पक्राउ

२०८३ वैशाख १८, ०९:०५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट लागूऔषधसहित ५ जना पक्राउ परेका छन्।

जिल्लाको बेदकोट नगरपालिका–३ सामादैजीबाट ६ ग्राम २७० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित आफ्नै घरको पछाडी सिढी नजिकबाट २७ वर्षीय केशब बोहरालाई विहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। लागूऔषधको कारोवार भईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। 

यसैगरी बेलौरी नगरपालिका–१० सडकघाटबाट ६ ग्राम ५०० मिलिग्राम लागूऔषध खैरोहेरोइनसहित अटो चालक बेलडाँडी गाउँपालिका–२ सिंहपाल बस्ने  ४७ वर्षीय करन ओखेडासहित ४ जनालाई विहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडा, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले टोलीले भारतबाट नेपाल तर्फ शंकास्पद रुपमा आउदै गरेको सु.प.प्र. ०१–००१ ह ८४४३ नम्वरको डिजल अटोमा सवार चारै जनालाई उक्त पदार्थ र अटोसहित पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस