सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा चरेससहित ५ जना युवा पक्राउ

२०८३ वैशाख १८, ०८:४९ खबर संवाददाता

धनगढी: धनगढीमा चरेससहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार धनगढी-१ र ८ को सिमानबाट पाँचै जना युवालाई पक्राउ गरेको कैलाली प्रहरीले जनाएको छ।
कैलाली प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार शिवनगरस्थित टिकटक पुलबाट पाँचै जना पक्राउ परेका हुन्। उनीहरू चरेसजस्तो देखिने कालो पदार्थ सहित पक्राउ परेका हुन्।
पक्राउ परेका उपर थप अनुसन्धान भइरहेको डिएसपी तिमिल्सिनाले बताए।

कमेन्ट लोड गर्नुस