सुदूर नेपाललाई विश्वसँग जोड्दै

महेन्द्रनगरमा नेपाल इन्स्योरेन्सको कृषि, पशुपन्छी तथा जडिबुटी बिमा अभिकर्ता तालिम सम्पन्न

२०८३ वैशाख २०, ०५:२५ जयन्त सिंह भाट

 

धनगढीः नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड ले कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरेको तीन दिने कृषि, पशुपन्छी तथा जडिबुटी बिमा अभिकर्ता तालिम सफलतापूर्वक सम्पन्न भएको छ। तालिम शुक्रबारदेखि सुरु भई आइतबार सम्पन्न भएको हो।

कम्पनीको कृषि बिमा विभाग, केन्द्रीय कार्यालयबाट आएका विपुल खरेलले प्रमुख सहजकर्ताको भूमिकामा रहेर सहभागी प्रशिक्षार्थीहरूलाई तालिम प्रदान गरेका थिए। कार्यक्रम भौतिक उपस्थितिसँगै भर्चुअल माध्यमबाट समेत सञ्चालन गरिएको थियो।

तालिममा दार्चुला, बैतडी, कञ्चनपुरलगायत देशका विभिन्न स्थानबाट बिमा अभिकर्ताहरूको सहभागिता रहेको थियो। कम्पनीका तर्फबाट प्रदेशिक कार्यालय धनगढीका प्रमुख खेमराज अवस्थी तथा महेन्द्रनगर शाखा प्रमुख राजेन्द्र बिष्टले स्रोत प्रशिक्षकका रूपमा सहजीकरण गरेका थिए।

तालिममा बिमा क्षेत्रको कार्यक्षेत्र, जोखिम न्यूनीकरणमा बिमाको भूमिका, कृषि तथा पशुपन्छी बिमाको महत्वलगायत विषयमा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो। सहभागी अभिकर्ताहरूले तालिमबाट प्राप्त ज्ञानका आधारमा आफ्नो योग्यता र विज्ञता अनुसार काम गर्न सक्ने विश्वास व्यक्त गरेका छन्।

वैधानिक लाइसेन्स प्राप्त भएपछि अतिरिक्त आम्दानी र स्वरोजगारको अवसर समेत खुल्ने भएकाले आफूहरू थप उत्साहित भएको सहभागी अभिकर्ताहरूले बताएका छन्।
 

जयन्त सिंह भाट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस