सुदूर नेपाललाई विश्वसँग जोड्दै

नवजीवन सहकारीको नेतृत्व चयनमा कडा प्रतिस्पर्धा, अध्यक्षमा ४ जना मैदानमा

२०८३ वैशाख २१, १०:३९ खबर संवाददाता

धनगढीः धनगढीस्थित नवजीवन सहकारी संस्था लिमिटेडको आगामी निर्वाचन निकै प्रतिस्पर्धात्मक हुने संकेत देखिएको छ। संस्थाको ३२औँ वार्षिक साधारणसभाअन्तर्गत हुने निर्वाचनमा अध्यक्ष पदका लागि चार जना उम्मेदवार आमनेसामने भएका छन्। जेठ ९ गते हुने साधारण सभामा अध्यक्षका लागि चार जनाको उम्मेदवारी रहेको अध्यक्ष देवबहादुर बमले बताए।

अध्यक्ष पदमा केशवराज मिश्र, गोपालराज पाठक, धनबहादुर शाह र चेतराज ओझाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

त्यसैगरी उपाध्यक्ष पदका लागि इन्द्रप्रसाद जोशी, उत्तम जोशी र उपेन्द्र बिष्टबीच प्रतिस्पर्धा हुने भएको छ भने सदस्य पदका लागि ३० जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।

लेखा सुपरीवेक्षण समिति संयोजक पदमा गणेशप्रसाद जोशी र चेतराज जोशीबीच भिडन्त हुने भएको छ। सोही समितिको सदस्य पदका लागि खेमराज पाठक, गणेशप्रसाद उपाध्याय, टेकराज जोशी र दिलीप रोकाय क्षेत्री उम्मेदवार रहेका छन्।

निर्वाचन समितिले उम्मेदवारहरूको नामावली सार्वजनिक गरिसकेको छ भने पूर्वनिर्धारित कार्यतालिका अनुसार मतदान प्रक्रिया अघि बढाइने जनाएको छ।

कमेन्ट लोड गर्नुस