सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा खैरो हेरोइन र चरेससहित दुई जना पक्राउ

२०८३ वैशाख २७, ०८:४९ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुर प्रहरीले जिल्लाका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार भिमदत्त नगरपालिका–१० गड्डाचौकी ब्यारेलबाट शनिबार बिहान कैलाली गौरीगंगा नगरपालिका–३ चौमला बस्ने १९ वर्षीय आयुष नेपाली पक्राउ परेका छन्। उनलाई प्रहरीले २ सय ६० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ र ५ सय ७० मिलिग्राम चरेस जस्तो देखिने पदार्थसहित नियन्त्रणमा लिएको हो।

त्यसैगरी, भिमदत्त नगरपालिका–१३ बडैपुरबाट २९ वर्षीय विक्की कुवँरलाई शनिबार साँझ प्रहरीले १४० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित पक्राउ गरेको छ। प्रहरीले शंका लागेर गरेको चेकजाँचमा लागूऔषध फेला परेको बताएको छ।

पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस