सुदूर नेपाललाई विश्वसँग जोड्दै

यस वर्षको एसईई नतिजा प्रकाशन तयारी अन्तिम चरणमा,यही महिनाभित्र सार्वजनिक हुने

२०८३ वैशाख २७, १०:५३ खबर संवाददाता

काठमाडौँ: राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

सरकारले परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिएको थियो। त्यसअनुसार बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्‍याएको बताएको हो।

परीक्षा नियन्त्रक टुकराज अधिकारी ले परीक्षाफल तयारीको अधिकांश काम सकिएको भन्दै केही छुटपुट विषय अध्ययन तथा मिलानको काम भइरहेको जानकारी दिएका छन्। उनले आइतबार हिमालप्रेससँग भने, “अन्तिम चरणमा पुगेका छौं। केही छुटपुट विषय अध्ययन गरिरहेका छौं। यही महिनाभित्र नतिजा सार्वजनिक गर्छौं।”

यस वर्ष एसईईमा कुल ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी सहभागी भएका थिए। परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सम्पन्न भएको थियो।

कमेन्ट लोड गर्नुस