सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठमाडौंबाट धनगढीतर्फ आउँदै गरेको यात्रुवाहक बस बर्दियामा दुर्घटना, १० जना घाइते

२०८३ वैशाख २८, ०२:५१ खबर संवाददाता

बर्दिया: काठमाडौंबाट धनगढीतर्फ आउँदै गरेको ना ८ ख १९४९ नम्बरको यात्रुवाहक बस बर्दिया नगरपालिका वडा नम्बर २ अम्रेनीमा दुर्घटनामा परेको छ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारीका अनुसार बसमा सवार २१ जना यात्रु सम्पर्कमा आएका छन्। दुर्घटनामा परी १० जना घाइते भएका छन्। घाइतेमध्ये ३ जनाको कोहलपुरमा उपचार भइरहेको छ भने १ जनालाई थप उपचारका लागि लम्की लगिएको छ।

अन्य घाइतेहरूलाई सामान्य चोटपटक लागेकोले अस्पताल भर्ना गर्नु नपरेको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस