सुदूर नेपाललाई विश्वसँग जोड्दै

सबै अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालनमा ल्याइने

२०८३ वैशाख २८, ०५:५८ खबर संवाददाता

काठमाण्डौ: सरकारले नेपालमा सबै अन्तराष्ट्रिय विमानस्थललाई पूर्ण रुपमा सञ्चालनमा ल्याउने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष (२०८३/८४)को नीति तथा कार्यक्रम प्रश्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सबै अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा ल्याउने बताए। 

उनले विमानस्थलाई पूर्ण रूपमा सञ्चालनमा ल्याएर प्रतिस्पर्धी हवाई सेवा सञ्चालन गर्ने बताए। अहिले पोखरा तथा भैरहवा विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन् । सरकारले आगामी आर्थिक वर्षबाट यी विमानस्थलहरु पूर्ण रूपमा सञ्चालनमा ल्याउने महत्वकांक्षी योजना अगाडी सारेको हो ।

गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानमा थप अन्तर्राष्ट्रिय वायुसेवालाई आर्कषण गर्न कुटनीतिक पहल गर्ने उनले बताए। सरकारले नागरिक उड्डयन क्षेत्रलाई पुनःसंरचना गर्ने भएको छ । उड्डयन क्षेत्रमा निजी क्षेत्रलाई समावेश गरि अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डको कार्यान्यवन गर्ने उनले बताए। 

पर्यटक भिषा सेवालाई पूर्ण अनलाईन गर्ने, अन्तराष्ट्रिय विमानस्थलमा ई–गेट प्रणाली जडान गर्ने उहाँले बताउनुभयो । अध्यागमन बिन्दुबाट नै पर्यटकिय अनुमति र सेवालाई एकीकृत गर्नेगरी एकद्वार डिजिटल प्रणाली लागू गर्ने उनले उल्लेख गरे। 

पर्वतीय पर्यटनको सुरक्षा तथा खोज, उद्धार प्रणालीलाई आधुनिक बनाउने, भिजिट नेपाल २०८५ को पूर्वतयारीको लागि पर्यटक आगमनको लागि प्रतिपर्यटक खर्चवृद्धि र बसाई समय बढाउनेगरि प्रवर्द्धन गर्ने उनले बताए। नेपाललाई देवो भूमी अभियान सञ्चालन गर्ने पनि सरकारले घोषणा गरेको छ । 

कमेन्ट लोड गर्नुस