सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘सरकारका राम्रा नीति कार्यान्वयनमा कांग्रेसले सहयोग गर्छ’ : गगन थापा

२०८३ जेठ २, १२:३७ खबर संवाददाता

नेपाली कांग्रेसका सभापति गगन कुमार थापा ले सरकारको नीति तथा कार्यक्रममा समावेश भएका सकारात्मक विषयलाई कार्यान्वयन गर्न कांग्रेसले सहयोगी भूमिका निर्वाह गर्ने बताएका छन्।

शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित ‘ग्रीन टेबल’ कार्यक्रममा बोल्दै उनले सरकारले युवामुखी कार्यक्रमहरू अघि सारेको उल्लेख गर्दै ती योजनालाई सफल बनाउन साझा धारणा आवश्यक रहेको बताए। उनले ‘विदेशबाट फर्किएका युवाको सीप र अनुभवलाई स्वदेशमै उपयोग गर्ने प्रयास सकारात्मक रहेको’ धारणा राखे।

सभापति थापाले ‘सरकारले अघि सारेका राम्रा काममा सहयोग गर्दै साझा सहमति निर्माण गर्न कांग्रेस तयार रहेको’ पनि बताए। उनले परिवर्तन एकैपटक सम्भव नहुने उल्लेख गर्दै ‘नीति, नियम र कानुनी प्रणालीमार्फत सुधारको प्रक्रिया अघि बढाउनुपर्ने’मा जोड दिए।

कमेन्ट लोड गर्नुस