नेपाली सेनाद्वारा ‘रेन्जर’ र्याप गीत सार्वजनिक
काठमाडौं: नेपाली सेनाले ‘रेन्जर’ बोलको नयाँ र्याप गीत सार्वजनिक गरेको छ। उक्त गीत नेपाली सेनाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
सेनामा ‘रेन्जर’ भन्नाले विशेष तालिम प्राप्त लडाकु समूहलाई जनाइन्छ। सार्वजनिक भएको तीन दिनमै गीतलाई २६ हजारभन्दा बढी पटक हेरिएको छ।
गीतका शब्द प्रताप मगरले लेखेका हुन्। भिडियोको मुख्य निर्देशन बासुदेव धिमालले गरेका छन् भने सिद्धार्थ मोक्तानले सहायक निर्देशकको भूमिका निर्वाह गरेका छन्।
गीत हेर्न यहाँ क्लिक गर्नुहोस् ।