कैलालीको भजनीबाट खैरो हेरोईनसहित एक युवक पक्राउ
धनगढीः कैलालीको भजनीबाट खैरो हेरोईनसहित एक युवक पक्राउ परेका छन्।
कैलालीको भजनी नगरपालिका–५ प्रहरी चेकपोष्ट नजिकबाट २ ग्राम ४६० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित घोडाघोडी नगरपालिका–१० लठैया बस्ने १९ वर्षीय आदित चौधरीलाई विहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
भारतबाट नेपाल तर्फ आँउदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय पृथ्वीपुर, कैलालीबाट खटिएको प्रहरीले से २ प ७४१० नम्बरको मोटरसाइकलमा सवार निजलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाइकलसहित पक्राउ गरेको जनाएको छ।