सुदूर नेपाललाई विश्वसँग जोड्दै

डा. हेमराज अवस्थीलाई नेपाल पशु चिकित्सा परिषद्को अध्यक्षको थप जिम्मेवारी

२०८३ जेठ ८, १२:०२ खबर संवाददाता

धनगढीः सरकारले राष्ट्रिय पशु आहार तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालाका प्रमुख डाक्टर हेमराज अवस्थीलाई नेपाल पशु चिकित्सा परिषद्को अध्यक्षको कामकाज गर्ने गरी थप जिम्मेवारी तोकेको छ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट डाक्टर अवस्थीलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो। मन्त्रालयको कर्मचारी प्रशासन शाखाद्वारा जारी पत्रअनुसार मन्त्रीस्तरको मिति २०८३ जेठ ७ गतेको निर्णयबमोजिम अर्को व्यवस्था नभएसम्मका लागि उहाँलाई परिषद्को अध्यक्षको कार्यभार सम्हाल्ने गरी तोकिएको छ।

हाल ललितपुरको हरिहरभवनस्थित राष्ट्रिय पशु आहार तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालाका प्रमुखका रूपमा कार्यरत डाक्टर अवस्थीले अब आफ्नो नियमित जिम्मेवारीका अतिरिक्त नेपाल पशु चिकित्सा परिषद्को नेतृत्वसमेत सम्हाल्नेछन्।

कमेन्ट लोड गर्नुस