सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई

२०८३ जेठ ८, ०७:१५ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका प्राध्यापकसमेत रहेका डा. बिष्टले रजिष्ट्रारको जिम्मेवारी सम्हालेका हुन्।  

विश्वविद्यालय प्रशासनका अनुसार शैक्षिक तथा प्रशासनिक क्षेत्रमा लामो अनुभव भएका डा. बिष्टको नेतृत्वमा विश्वविद्यालयको व्यवस्थापन थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।

विभिन्न राजिनितक नियुक्ति खारेज गर्ने सरकारकाे निर्णय पछि निवर्तमान रजिष्ट्रार प्राध्यापक डा‍ विनाेद लेखक पदमुक्त भएका थिए। खुल्ला प्रतिस्पर्धाबाट नयाँ रजिष्ट्रार नियुक्त नभएसम्म रजिष्ट्रारकाे जिम्मेवारी डा. बिष्टलाई ताेकिएकाे हाे। 

कमेन्ट लोड गर्नुस