सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा बैङ्किङ कसुर मुद्दाका आरोपी एक जना पक्राउ

२०८३ जेठ ९, ११:५२ खबर संवाददाता

बैतडीः पुर्चौडी नगरपालिका–५ कुवाकोटका ३७ वर्षीय सुमित कुमार कुँवरलाई बैङ्किङ कसुर मुद्दामा प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार आफ्नै घर ठेगानाबाट पक्राउ गरेको हो।

उच्च अदालत पाटनको २०७९ फागुन २६ गतेको फैसलाले कुँवरलाई बैङ्किङ कसुर मुद्दामा ३ दिन कैद सजाय तथा ९ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो।

कमेन्ट लोड गर्नुस