सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा चरेशसहित किराना पसल सञ्चालिका पक्राउ

२०८३ जेठ ९, ११:५३ खबर संवाददाता

काठमाडौं: बझाङमा प्रहरीले लागूऔषध चरेश जस्तो देखिने पदार्थसहित एक महिलालाई पक्राउ गरेको छ।

जयपृथ्वी नगरपालिका–१० बसपार्कस्थित किराना पसल सञ्चालन गर्दै आएकी २५ वर्षीया साधना बोहरालाई ३१४ ग्राम ८४० मिलिग्राम चरेश जस्तो देखिने कालो पदार्थसहित शुक्रबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले बोहराले सञ्चालन गरेको पसलमा खानतलासी गर्दा उक्त पदार्थ फेला पारेको थियो। त्यसपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस