सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको रेष्टुरेन्टमा युवक कुटिए, संलग्न फरार

२०८३ जेठ १०, ०३:५५ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–४ स्थित एक रेष्टुरेन्टमा युवकलाई कुटपिट गरी घाइते बनाइएको घटना सार्वजनिक भएको छ।

प्रहरीका अनुसार, मिति २०८३ जेठ ९ गते राति करिब ८ः५० बजे भीमदत्त नगरपालिका–४ को गल्ली नम्बर ४ मा रहेको ‘ग्रान्ड प्यासिफिक रेष्टुरेन्ट’मा कुटपिट भएको हो। उक्त रेष्टुरेन्ट स्थानीय किशोर चन्दले सञ्चालन गर्दै आएका छन्।

घटनामा रेष्टुरेन्ट सञ्चालकका भाइ गोबिन्द चन्दमाथि समिर बुढा, अभिषेक अवस्थी, गौरव चन्द ठकुरी लगायत केही अपरिचित व्यक्तिहरूले कुटपिट गरेको प्रहरीले जनाएको छ। कुटपिटबाट घाइते भएका गोबिन्दलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर पठाइएको थियो। उपचारपछि उनी डिस्चार्ज भएका छन्।

घटनामा संलग्न व्यक्तिहरू फरार रहेको र उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस