सुदूर नेपाललाई विश्वसँग जोड्दै

रवि लामिछाने जेठ १८ भारत भ्रमणमा जाने

२०८३ जेठ ११, ०४:०० खबर संवाददाता

काठमाडौँः रवि लामिछाने आगामी जेठ १८ गतेदेखि भारत भ्रमणमा जाने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक पदाधिकारीले लामिछानेको भ्रमण निश्चित भइसकेको पुष्टि गरेका छन्।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार लामिछानेको भारत भ्रमण जेठ १८ गते सुरु भई जेठ २० गते सम्पन्न हुने बताइएको छ। भ्रमणका लागि आवश्यक कूटनीतिक तथा अन्य तयारी भइरहेको रास्वपाका नेताहरूले जानकारी दिएका छन्।

फागुन २१ गते सम्पन्न निर्वाचनपछि प्रतिनिधिसभामा झन्डै दुई तिहाइ बहुमत प्राप्त गरेको रास्वपाका तर्फबाट पार्टी प्रमुखको हैसियतमा हुन लागेको यो लामिछानेको पहिलो विदेश भ्रमण हो।

यसअघि भारतले प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निम्तो दिएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोनमार्फत बालेनलाई बधाई दिँदै भारत भ्रमणको निम्तो दिएका थिए। तर, प्रधानमन्त्री बालेनको भारत भ्रमण हालसम्म तय भइसकेको छैन। यस्तो अवस्थामा उनीअगावै रास्वपा सभापति लामिछानेको भारत भ्रमण तय हुनुले राजनीतिक वृत्तमा चासो बढाएको छ।

कमेन्ट लोड गर्नुस