सुदूर नेपाललाई विश्वसँग जोड्दै

भलिबल खेलाडी पुनम चन्दलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन

२०८३ जेठ १२, ११:३१ खबर संवाददाता

धनगढीः नेपाली राष्ट्रिय महिला भलिबल टिम तथा नेपाल पुलिस क्लबकी खेलाडी पुनम चन्दलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिइएको छ।

नेपाल प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै पुनम चन्दसहित गैरहाजिर रहेका प्रहरी कर्मचारीहरूलाई गैरहाजिर रहनुको कारण स्पष्ट खुलाएर सन्तोषजनक स्पष्टीकरणसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो।

प्रहरी जवान चन्द ०८२ चैत १५ गतेदेखि गैरहाजिर रहेको प्रहरी कार्यालयले जनाएको छ। नेपाल भलिबल संघले आयोजना गरेको काभा महिला भलिबल च्याम्पियनसिपका लागि राखिएको बन्द प्रशिक्षणमा पुनम समावेश भए पनि उनी केही समयपछि अस्ट्रेलिया गएकी थिइन्।

हाल पुनम अस्ट्रेलियामै क्लब भलिबल खेलिरहेको बताइएको छ। चन्दको स्थायी घर भीमदत्त नगरपालिका, कञ्चनपुर रहेको छ।

कमेन्ट लोड गर्नुस