सुदूर नेपाललाई विश्वसँग जोड्दै

यस्तो छ धनगढीको तीन शैक्षिक सत्रको एसइईको नतिजा

२०८३ जेठ १३, ०९:३५ नारायण अवस्थी

धनगढी: धनगढी उपमहानगरपालिका भित्र २६ सामुदायिक र ४७ संस्थागत गरी ७३ विद्यालय माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुँदै आएका छन्।

शैक्षिक सत्र २०८० मा धनगढीका ७३ विद्यालयका तीन हजार ३० जना विद्यार्थी माध्यमिक शिक्षा परीक्षामा सहभागी भएका थिए। २०८० मा सामुदायिक विद्यालयका  दुई हजार ११० तथा संस्थागत विद्यालयका ९२० जना विद्यार्थी परीक्षामा सहभागी भएकामा एक हजार ३३२ जना विद्यार्थी उत्तीर्ण भएका थिए।

सामुदायिकतर्फ ५६९ जना अर्थात् २६ दशमलव ९७ प्रतिश तथा संस्थागततर्फ ७६३ जना अर्थात् ८२ दशमलव ९३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। यो वर्ष कुल विद्यार्थीको ४३ दशमलव ९६ प्रतिशत विद्यार्थी मात्रै परीक्षामा सफल भएका थिए।

यस्तै, शैक्षिक सत्र २०८१ मा कुल दुई हजार ६२६ जना विद्यार्थी एसइईमा सहभागी भएकामा सामुदायिक विद्यालयका ९५९ जना तथा संस्थागतका एक हजार ६६७ जना थिए। जसमध्ये सामुदायिक विद्यालयका ५२५ जना तथा संस्थागतका एक हजार ४५८ सहित जम्मा एक हजार ९८३ जना विद्यार्थी उत्तीर्ण भएका थिए।

यो वर्ष सामुदायिकतर्फ ५४ दशमलव ७४ प्रतिशत तथा संस्थागततर्फ ८७ दशमलव ४६ प्रतिशतसहित कुल ७५ दशमलव ५१ प्रतिशत विद्यार्थी सफल भएको उपमहानगरपालिकाले जनाएको छ।

शैक्षिक सत्र २०८२ मा भने धनगढीका तीन हजार ६२५ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। जसमध्ये सामुदायिक विद्यालयका एक हजार ५४८ जना तथा संस्थागत विद्यालयका दुई हजार ७७ जना रहेको तथ्याङ्क  छ।

उपमहानगरपालिकाले उपलब्ध गराएको विवरणअनुसार शैक्षिक सत्र २०८२ मा सामुदायिक विद्यालयका ८११ अर्थात् ५२ दशमलव ३९ प्रतिशत र संस्थागत विद्यालयका एक हजार ६९९ अर्थात् ८१ दशमलव ८० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। धनगढीमा यो वर्ष सामुदायिक र संस्थागतबाट जम्मा ६९ दशमलव २४ प्रतिशत विद्यार्थी एसइईमा सफल भएको उपमहानगरपालिकाले जनाएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस