सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट लागूऔषधसहित ३ जना पक्राउ

२०८३ जेठ १४, ०७:०७ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–९ जिरो पोईन्टबाट १ ग्राम ८८० मिलिग्राम लागूऔषध खैरोहेरोइन सहित ३ जनालाई वुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा  सोही नगरपालिका–७ हल्दुखाल बस्ने २७ वर्षीय मनोजबहादुर सिंह, ४८ वर्षीय उदय भट्ट र  २९ वर्षकी हिमा सिंह रहेका छन्। इलाका प्रहरी कार्यालय ब्रह्मदेव, कञ्चनपुरबाट खटिएको प्रहरीले टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको सु.प.प्र.०२–००४ प ७७५७ नम्बरको मोटरसाइकलमा सवार तिनै जनालाई उक्त पदार्थ, मोटरसाइकलसहित पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस