आगामी आर्थिक वर्षको बजेट भोलि
काठमाडौँः आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को संयुक्त बैठक यही जेठ १५ गते शुक्रवार अपराह्न ४ बजे बस्ने भएको छ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले जेठ १५ गते ४ बजे बस्ने संयुक्त बैठकका लागि ३ः४५ बजे नै प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदलाई उपस्थित भइसक्न सूचित गरेका हुन्। नेपालको संविधान जारी भएपछि संविधानमै व्यवस्था गरेर प्रत्येक वर्ष जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने मिति तोकिएको छ। गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते बजेट प्रस्तुत गर्ने व्यवस्था गरिएको हो।