सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसइईमा उच्चतम जिपिए ल्याउने धनगढीका सामुदायिक विद्यालयका २६ जना विद्यार्थी सम्मानित

२०८३ जेठ १५, ०४:०७ नारायण अवस्थी

धनगढी: धनगढी उपमहानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उच्चतम जिपिए ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ। धनगढीका २६ सामुदायिक विद्यालयबाट उच्च जिपिए ल्याउने २६ जना विद्यार्थी सम्मानित भएका हुन्।

उपमहानगरपालिकाले सामुदायिक विद्यालयतर्फ उच्चतम जिपिए ल्याउने पञ्चोदय माध्यमिक विद्यालयकि छात्रा सकुन्तला बोहरा (३.९६), धनगढी नमुना माध्यमिक विद्यालयका छात्र हिमांशु कलौनी (३.८३),  वासुदेवी माध्यमिक विद्यालयकि छात्रा पूजा जोशी (३.८१), शारदा माध्यमिक विद्यालय बैयाबेहडीका छात्र जगन्नाथ जोशी (३.७९), त्रिभुवन माविका फ्लोरेन्स पाण्डेय (३.७९),  त्रिनगर माविका चक्र ढाँट (३.७८) सम्मानित भएका हुन्।

उपमहानगरपालिकाले  आफ्नो विद्यालयमा उच्चतम जिपिए ल्याउने फूलबारीको पञ्चोदय माविका छात्र सौरभ ओझा (३.७३), ठेकराज माविकी छात्रा अम्बिका ओझा (३.६३), सिद्धनाथ मावि जुगेडाबाट उच्चतम जिपिए ल्याउने छात्रा शारदा धामी (३.६२), राष्ट्रिय तुलसीराम माविका प्रविन चौधरी (३.५५), सर्वोदय मावि फूलवारीका मिलन चन्द (३.५३), शारदा माध्यमिक विद्यालय जुगेडाकि छात्रा अंशिका कुँवर (३.५१), जनकल्याण मावि जुगेडाका  अनु राई (३.४८), भानु मावि पथरीकि छात्रा गरिमा जोशी (३.४७), जनता राष्ट्रिय मावि कैलालीगाउँकी छात्रा आरती चौधरी (३.४५), चन्द्रोदय मावि, फूलबारीकी छात्रा कृति चापागाईं (३.४३), सरस्वती मावि मनेहराका दिलबहादुर विष्ट र विनिता राना (३.३५), जनजागृती मावि फूलबारीका छात्र गोविन्द फुलारा (३.३३),  नवदुर्गा माविका विपिन साउँद (३.३२), भवानी मावि गौरीपुरका महेन्द्र विष्ट (३.२८) लाई आफ्नो विद्यालयमा उच्चतम जिपिए ल्याउन सफल भएको भन्दै सम्मानित गरिएको हो।

यसैगरी, शिव मावि देवरियाकी छात्रा आशा राना (३.१३),  फूलबारी माविका अमृत पोखरेल (३.०१) र राष्ट्रिय मावि बेलीका खेम साउँद (२.८४) पनि आफ्नो विद्यालयमा उच्चतम जिपिए ल्याएर सम्मानित भएका हुन्।

आफ्नो विद्यालयमा उच्चतम जिपिए ल्याउन सफल विद्यार्थीहरूलाई नगर उपप्रमुख कन्दकलाकुमारी राना र प्रमुख प्रशासकीय अधिकृत जनकराज भट्टले माला र अविर लगाएर शुभकामना र बधाई दिँदै सम्मानित गरेका हुन्।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस