अर्थमन्त्री डा. वाग्लेले संघीय संसद्मा बजेट प्रस्तुत गर्दै
२०८३ जेठ १५, ०४:१९
काठमाडौँः अर्थमन्त्री स्वर्णिम वाग्लेले आज शुक्रबार साँझ ४ बजे संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने भएका छन्।
अर्थ मन्त्रालयले अन्तिम रूप दिएको बजेटको आवरण सार्वजनिक गरेपछि अर्थमन्त्री वाग्ले मन्त्रिपरिषद् बैठकतर्फ प्रस्थान गरेका छन्। यस वर्ष बजेट परम्परागत कालो ब्रिफकेसमा नभई नेपाली कागजको फाइलमा बोकेर प्रस्तुत गरिएको छ।
मन्त्रिपरिषद्ले बजेट पारित गरेपछि अर्थमन्त्री वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
कमेन्ट लोड गर्नुस