सरकारद्वारा भन्सार दर ११ बाट घटाएर ७ तहमा सीमित
२०८३ जेठ १५, ०४:४४
काठमाडौँः सरकारले भन्सार दरको संरचना पुनर्संरचना गर्दै हालको ११ तहलाई घटाएर ७ तहमा सीमित गरेको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत यस्तो व्यवस्था गरिएको घोषणा गरेका हुन्।
उनका अनुसार औद्योगिक कच्चा पदार्थमा लाग्ने भन्सार महसुलमा पनि एक तह घटाइएको छ। साथै कुल २७३ वस्तुमा भन्सार दर घटाइएको र ३६० वस्तुको अन्तःशुल्क खारेज गरिएको छ।
कमेन्ट लोड गर्नुस