सुदूर नेपाललाई विश्वसँग जोड्दै

बजेट प्रस्तुत भइरहँदा हर्क साम्पाङ संसद् बैठकबाट बाहिरिए

२०८३ जेठ १५, ०५:०७ खबर संवाददाता

काठमाडौँः आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भइरहँदा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ संघीय संसद्को संयुक्त बैठकबाट बाहिरिएका छन्।

संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट वक्तव्य प्रस्तुत गरिरहेका बेला साम्पाङ बैठकबाट बाहिरिएका हुन्।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै साम्पाङले आफ्नो अर्को महत्वपूर्ण काम परेकाले बाहिरिनुपरेको बताए। ‘मेरो पार्टीका अन्य साथीहरू बैठकभित्रै हुनुहुन्छ। मलाई अर्को महत्वपूर्ण काम भएकाले बाहिरिएको हुँ,’ उनले भने।

कमेन्ट लोड गर्नुस