सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको संस्थागत विद्यालयका  ३ छात्रको ४ जिपिए, अन्य स्कुलको कति?

२०८३ जेठ १६, ०५:०६ नारायण अवस्थी

धनगढी: धनगढी उपमहानगरपालिकामा सञ्चालित तीन संस्थागत विद्यालयका तीन जना विद्यार्थीले एसइईमा ४ जिपिए हासिल गरेका छन्।

धनगढीको ऐश्वर्य विद्या निकेतनका दिक्षान्त भट्टराई, डिस्कभरी स्कुलका अनुपराज गिरी तथा फारवेष्ट स्कुलका प्रज्वल भट्टले माध्यमिक शिक्षा परीक्षा (एसइई)- २०८२ मा ४ जिपिए ल्याएका हुन्।

यस्तै, आफ्नो विद्यालयमा उच्चतम जिपिए ल्याउनेमा ग्यालेक्सी स्कुलका  सौगात मिश्रले ३.९७ जिपिए, एसिष्टो स्कुलका सुनिल बोहरा र मिलन स्कुलका दिपेश कुँवरले समान ३.९६ जिपिए हासिल गरेका छन्।

यसैगरी, चैतन्य पाठशालाका नेत्र कार्की, सिद्धार्थ विद्या निकेतनका एलिसा बोहरा, मयुर स्कुलका सुजन विष्ट, एमरल्ड एकेडेमीका प्रिन्स कुशवाह, गुरुकुल एकेडेमीका विवेक रावल, कैलाली मोडेल स्कुलका दिपिका चन्द, नन्दिनाज एकेडेमीका प्रिन्स एसके, शैलेश्वरी स्कुलका प्रशान्त थापा, थ्री स्टार्स स्कुलका खगेन्द्र धामी तथा किङ्गफिसर स्कुलका निकेश चौधरीले समान ३.९५ जिपिए हासिल गरेका छन्।

एसइईमा बोराडाँडीको अक्सफोर्ड स्कुलका युक्दिप ओलीले ३.९१ जिपिए हासिल गरेका छन् भने वाल्मीकि स्कुलका किपल भाटको ३.८९ जिपिए, फुलवारी एकेडेमीका क्रिस्टिना ओझाको ३.८६ जिपिए, धनगढी बुद्ध एकेडेमीका तृप्ती शर्मा, जेसिज एभरेस्ट स्कुलका मनिष जोशी, एक्सिस विद्याश्रमका अपेक्षा साउँद र माउन्ट सैपाल स्कुलका हरिश अवस्थीको समान ३.८६ जिपिए आएको छ।

ग्ली एकेडेमीका अनिश मल्लको ३.८५ जिपिए आएको छ भने  द गार्डनर स्कुलकी पूर्णिमा धामीको ३.८२ जिपिए, सिर्जनशील स्कुलका दिपेशराज भट्ट  र किविदा स्कुलका नितेश भट्टले क्रमश: ३.८१ र ३.७९ जिपिए हासिल गरेका छन्।

आफ्नो विद्यालयमा उच्चतम जिपिए ल्याउनेमा स्टेपिङ स्टोन स्कुलका उत्सव शाहको ३.७८ जिपिए,  वैशेषिक पाठशालाका निशान्त आउझीको ३.७७ जिपिए, सिसिएसका सुदिप भट्टको ३.७५ जिपिए, नेपाल पुलिस स्कुलकी जेनिशा कुँवरको ३.७४ जिपिए, सिटी स्कुलका उज्ज्वल कडायतको ३.७० जिपिए, वेष्टर्न क्रिष्टल एकेडेमीका शाहिल खड्काको ३.७० जिपिए, सैपाल शिक्षा सदनका मानवी चौधरीको ३.६८ जिपिए, ज्योति स्कुलका सागर तमौलीको ३.६० जिपिए तथा डिलाइट स्कुलका सुवास बोहराको ३.५६ जिपिए आएको छ।

यस्तै, स्वर्णिम शिक्षा सदनका प्रज्वल बुढामगरको ३.४६ जिपिए, मोडर्न एरा स्कुलका प्रशान्त कुँवरको ३.३९, शारदा विद्या निकेतनका नितेश विकको ३.१०, वेदान्त विद्यापीठका मनिस यादवको ३.०४ तथा तक्षशिला ज्ञानआश्रमका रिचल कोलीको २.७२ जिपिए आएको धनगढी उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले जनाएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस