दार्चुला र बझाङबाट अवैध बालुवा उत्खनन् गर्ने ५ ट्याक्टर र चालक नियन्त्रणमा
२०८३ जेठ १७, ०७:४५
दार्चुलाः दार्चुला र बझाङबाट अवैध बालुवा उत्खनन् गर्ने ५ वटा ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा नियन्त्रणमा लिएको छ।
दार्चुलाको महाकाली नगरपालिका-५ र बझाङको मष्टा गाउँपालिका-१ को नदी किनारबाट अवैध रुपमा बालुवा उत्खनन् तथा ओसारपसार गरिरहेका ५ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिइ आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
कमेन्ट लोड गर्नुस