सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका तीन जिल्लाबाट लागूऔषधसहित आठ जना पक्राउ

फाइल फोटो
फाइल फोटो
२०८३ जेठ १७, ११:४४ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट प्रहरीले लागूऔषधसहित आठ जनालाई पक्राउ गरेको छ। कैलालीबाट पाँच, कञ्चनपुरबाट दुई र दार्चुलाबाट एक जना पक्राउ परेका हुन्।

कैलालीको लम्कीचुहा नगरपालिका, टिकापुर नगरपालिका र भजनी नगरपालिकाका विभिन्न स्थानबाट गाँजा, खैरो हेरोइनजस्तो पदार्थ तथा औषधिजन्य क्याप्सुलसहित पाँच जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। कञ्चनपुरको लालझाडी गाउँपालिकाबाट दुई जना खैरो हेरोइनजस्तो पदार्थसहित पक्राउ परेका छन् भने उनीहरू सवार मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ।

यस्तै, दार्चुलाको महाकाली नगरपालिकाबाट एक जना ११ ग्राम चरेशजस्तो पदार्थसहित पक्राउ परेका छन्। पक्राउ परेकाहरूलाई सम्बन्धित हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस