तोलामा बीस हजार पाँच सयले बढ्यो सुनको मूल्य
काठमाडौँः विगत केही दिनदेखि ओरालो लागेको सुनको मूल्य आज ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज सुन तोलामा २० हजार पाँच सय रुपैयाँले बढेको हो।
गत शुक्रबार दुई लाख ९० हजारमा खरिद–बिक्री भएको एक तोला सुनको मूल्य आज तीन लाख ११ हजार १०० कायम भएको छ। त्यसैगरी, एक तोला चाँदीको मोल पाँच हजार ३४५ रुपैयाँ निर्धारण भएको छ। गत शुक्रबार एक तोला चाँदी पाँच हजार ४० रुपैयाँमा किनबेच भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७३० र त्यति नै परिमाणको सेतो धातुको ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।