संसदमा समय नपाएपछि विवाद, आशिका तामाङ आक्रोशित
काठमाडौँ: प्रतिनिधिसभाको आइतबारको बैठकमा विपक्षी दलका सांसदहरूले बोल्न समय मागेपछि संसदमा केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न दलका सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएर बैठक कक्षबाट बाहिरिएपछि एमालेका प्रमुख सचेतक ऐन महर, श्रम संस्कृतिका सांसद ध्रुवराज राईलगायतले बोल्न समय माग गरेका थिए।
सभामुखले समय उपलब्ध नगराएपछि सांसदहरू र सभामुखबीच केहीबेर सवालजवाफ भएको थियो। यस क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङ विपक्षी सांसदहरूप्रति आक्रोशित बनेकी थिइन्।
रास्वपाका अन्य सांसदहरूले उनलाई शान्त रहन आग्रह गरे पनि उनी नमानेपछि सहकर्मी सांसदहरूले हात समातेर बैठक कक्ष बाहिर लगेका थिए।