सुदूर नेपाललाई विश्वसँग जोड्दै

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

२०८३ जेठ १८, ०३:५७ रासस

काठमाडौँ: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाल र भारतबीचको सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएको छ।

राष्ट्रिय हितका विषयमा राष्ट्रिय सहमति कायम गरी तथ्यका आधारमा भारतसँग कूटनीतिक संवाद अघि बढाउनुपर्नेमा उक्त पार्टीले जोड दिएको हो।

पार्टी प्रवक्ता प्रकाश ज्वालाले आज एक प्रेस विज्ञप्तिमार्फत राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डता प्रतिकूल तथा स्थापित ऐतिहासिक तथ्य विपरीत अभिव्यक्ति अमान्य हुने जनाएको छ।

कमेन्ट लोड गर्नुस