काँग्रेसले मुख्यमन्त्री शाहका प्रमु्ख स्वकीय सचिव खनाललाई वडा सभापतिबाट हटायो
धनगढीः सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहको वडा सभापति प्रयागराज खनालले क्रियाशील सदस्यता अद्यावधिकमा असहयोग गरेको भन्दै नेपाली काँग्रेसले उनको जिम्मेवारी खोसेको छ।
कैलालीस्थित लम्कीचुहा वडा नम्बर १ का सभापति खनालले पार्टीको निर्णय कार्यान्वयन गर्न असहयोग गरेको भन्दै उनको जिम्मेवारी खोसिएको हो।
वडा सभापति खनाल मुख्यमन्त्री शाहका प्रमुख स्वकीय समेत हुन्।
क्रियाशील सदस्यता अद्यावधिक गराउन हाल कृष्णप्रसाद रिमाललाई जिम्मेवारी दिइएको छ।
वैशाख १ गतेदेखि सुरु गरिएको क्रियाशील सदस्यताको अद्यावधिक गर्ने अन्तिम दिन आजका लागि तोकिएको छ।